Comments Add Comment

रौतहटमा थप तीन जनामा कोरोना संक्रमण

२८ साउन, रौतहट । रौतहटमा बुधबार थप तीन जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार गुजरा नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

साउन २३ गते गुजरा नगरपालिकाका ७२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि मकवानपुरस्थित हेटौडा प्रयोगशालाले पठाइएकोमा दुई जना स्वास्थ्यकर्मी र एक जना स्वीपरमा संक्रमण पुष्टि भएको उनले बताए ।

सक्रमितहरु २५, २६ र २७ वर्षको पुरुष रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङकाे काम सुरु भइसकेको गुप्ताले बताए । संक्रमितहरुलाई चन्द्रपुरमा रहेको आइसोलेसनमा राखिने तयारी रहेको छ ।

चार दिनयता रौतहटमा ६२ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार १५, सोमबार २८ जना र मंगलबार १६ जनामा संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment