+
ईस्पोर्ट्स विश्वकप :

पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनाले आजदेखि, होरासहित १६ टोली भिड्दै

२०८३ साउन  २९ गते ११:०२ २०८३ साउन २९ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनाले आजदेखि सुरु हुँदै छ ।
  • नेपालको होरा ईस्पोर्ट्स सहित १६ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
  • ग्रान्ड फिनालेको विजेताले पाँच लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।

२९ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनाले आजदेखि सुरु हुँदैछ । फाइनलमा नेपालको होरा ईस्पोर्ट्स सहित १६ टोली भिड्दै छन् ।

होरा समूह चरणबाट सोझै ग्रान्ड फिनालेमा प्रवेश गरेको थियो । गत आइतबार सम्पन्न खेलहरूपछि समूह ‘बी’ का १६ टिमहरूमध्ये शीर्ष ५ मा पर्दै होरा सोझै फाइनलमा पुगेको थियो ।

सो क्रममा होराले एक चिकेन डिनरसहित कुल ९८ अंकका साथ चौथो स्थानमा फिनिस गर्दै फाइनल पुगेको हो । अब ३ दिनसम्म चल्ने फाइनलमा होराले अन्य १५ टिमहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘बी’ बाट भाइटालिटी सर्वाधिक १४८ अंकका साथ फाइनलमा पुग्दा आईडीए, एसटुजी र गडलाइक पनि होरासँगै सोझै फाइनलमा पुगेका थिए । त्यसअघि समूह ‘ए’ बाट पाकिस्तानको फोर थ्राइभसँगै भारतको ओरानगुटान, मंगोलियाको अउरोरा, भियतनाम/सिंगापुरको टिम फ्ल्यास र मिडल इस्टको निग्मा ग्यालेक्सी शीर्ष पाँचमा रहँदै फाइनलमा पुगेका थिए ।

समूह चरणबाट आएका १० टोली र सर्भाइभल स्टेजबाट आएका ६ टोलीले फाइनल खेल्ने छन् । सर्भाइभल स्टेजबाट तियान्बा, अलुला क्लब, एनएस रेडफोर्स, फ्युरिया, युएलएफ ईस्पोर्टंस र ईएरेना फाइनलमा प्रवेश गरेका छन् ।

आफ्नो समूहमा चौथो भएको होराले ५७ हजार ५०० पुरस्कार पनि पक्का गरेको छ । अब ग्रान्ड फिनाले करौडौं डलर पुरस्कार राशी छ ।  ग्रान्ड फिनालेको विजेताले ५ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ ।

पब्जी मोबाइलको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने १६ वटै टोलीले नगद पुरस्कार पाउनेछन् । जसमा च्याम्पियन बन्ने टोलीले ५ लाख अमेरिकी डलर प्राप्त गर्नेछ र उपविजेताले २ लाख ५० हजार डलर र तेस्रो हुनेले १ लाख ५० हजार डलर हात पार्नेछ ।

यस्तै चौथोले १ लाख २० हजार डलर, पाँचौले १ लाख डलर, छैटौंले ९० हजार डलर, सातौंले ८० र आठौंले ७० हजार डलर प्राप्त गर्नेछन् । नवौ देखि १६औं सम्म हुनेले क्रमश: ६० हजार, ५५ हजार, ५० हजार, ४५ हजार, ४० हजार, ३५ हजार, ३० हजार र २५ हजार डलर पाउनेछन् ।

ईस्पोर्ट्स विश्वकप पब्जी मोबाइल विश्वकप होरा ईस्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय