
२८ साउन, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको मूनाफामा गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा गिरावट आएको बताएको हो ।
बैंकको नाफामा गिरावटमात्रै आएको छैन खराब कर्जा समेत वृद्धि भएको छ । यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।
सो नाफा अघिल्लो आर्थिक वर्षभन्दा २२.२१ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घटेको हो ।
बैंकको निष्त्रिmय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ । बैंकको स्प्रेड दर ४.४० प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ भने आधारदर ९.९८ प्रतिशतबाट घटेर ८.७१ प्रतिशतमा झरेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ रहेको वितरण योग्य मुनाफा गत आर्थिक वर्षमा ४१ करोड ९४ लाख रुपैयाँ घटेर ८८ करोड ७ लाख रुपैयाँमा सिमित भएको छ ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा घटेर १७ रुपैयाँ २६ पैसामा खुम्चिएको छ ।
प्रतिक्रिया 4