Comments Add Comment

युएईमा पाँच महिनामा ११० नेपालीको मृत्यु

२९ साउन, युएई । युएईमा पछिल्लो पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीले ज्यान गुमाएका छन् । ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक छ ।

ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोनाका कारण १ जना महिलासहित ३६ जना नेपालीले युएईमा ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउने ३६ जना र अन्य कारणले ज्यान गुमाएका समेत गरी ६९ जनाकोे शव युएईमै अन्त्येष्टि गरिएको छ ।

दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवलाई युएईमै अन्त्येष्टि गरिएको हो । कोरोनाबाहेकका कारण ज्यान गुमाएकाहरुको शव लामो समयसम्म यहीँ अड्किएको र हवाई उडान ठप्प भएपछि यहीँ रहेका आफन्तले अन्तिम संस्कार गरेका हुन् ।

यसक्रममा २६ वटा शव भने नेपाल पठाइएको छ । चारवटा शव नेपाल पठाउने क्रममा छ । ११ वटा शवको भने विस्तृत रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment