Comments Add Comment

‘डान्सिङ विथ दि स्टार्स’मा सहभागी हुनु नै मेरो जित हो : श्रृष्टी केसी(भिडियो रिपोर्ट)

हिमालय टेलिभिजनबाट भदौको दोश्रो साताबाट सुरु हुन लागेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का लागि १२ जना प्रतिस्पर्धी आ–आफ्ना कोरियोग्राफरसँग तयारी गरिरहेका छन् । कहिले नृत्य नै नगरेका देखि नृत्यमा राम्रो खुबी भएका सेलिब्रिटीहरु यो शोको प्रतिस्पर्धी हुन् ।

यी मध्ये एक हुन्, श्रृष्टी केसी । श्रृष्टीको बाल्यकालमा नै डाक्टरले गलत औषधी प्रयोग गरिदिएपछि आँखाको ज्योती गुमेको थियो । उनै, श्रृष्टी अहिले कोरियोग्राफर केशव थापाको साथमा डान्सका नयाँ नयाँ स्टेप सिकिरहेकी छिन् ।

वर्कशपमा व्यस्त रहेकी श्रृष्टीले अनलाइनखबरसँग कुरा गर्दै भनिन्–‘मैलो सानोमा टीभी हेरेर खुबै नाँचे । तर, आजको मितिमा आएर बल्ल डान्सलाई वुझेँ । मैले वुझेको डान्स त डान्स नै होइन रहेछ ।’

श्रृष्टीको तयारी र तयारीको बिषयमा उनीसँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः


श्रृष्टीलाई कोरियोग्राफी गरिरहेका केशव भन्छन्–‘जब मलाई आयोजकले श्रृष्टीसँग काम गर्नुपर्छ भन्नुभयो, म निकै उत्साहित भएँ । किनकी, म हजारौ श्रृष्टीहरु जन्मिउन् भन्ने चाहन्छु । सुरुवाती दिनमा त श्रृष्टीलाई स्टेप सिकाउन सहज थिएन । तर, अहिले उनी र मेरो टिमअप मिल्न थालेको छ । मैले सुरुवातमा श्रृष्टीले कस्तो कस्तो डान्स गरेकी थिइन् भनेर हेरेँ । सोही अनुसार नै उनलाई सिकाइरहेको छु ।’

श्रृष्टीका अनुसार, उनले केशवको शरीर छोएर, खुट्टा छामेर, टाउकोमा हात राखेर स्टेपहरु आफूमा ग्रहण गरिरहेकी छिन् । उनले भनिन्–‘हुनत मैले धेरै गर्न बाँकी छ । म सधै नै आफूलाई नयाँ नयाँ कुरामा अभ्यस्त गराउन चाहन्छु । यसपटक, डान्समा आफूलाई अपग्रेड गर्ने मौका पाएकी छु ।’

अरु प्रतिस्पर्धीहरुसँगको चुनौतीलाई कसरी लिइरहनुभएको छ भन्ने प्रश्नमा उनले भनिन्–‘ म अरुसँग प्रतिस्पर्धा नै गर्न चाहन्नँ । म आफैसँग प्रतिस्पर्धा गरिरहेको छु । म यहाँ आउनु नै मैले यो शो जित्नु हो । यसको टाइटल जित्नु अलग कुरा हो । तर, मेरो समुदायका सबै साथीहरुका लागि म विजेता बनिसकेकी छु । म उत्कृष्ट भएर निस्कन चाहन्छु ।’

श्रृष्टीले आफ्नो बाल्यकालको पीडा सुनाउँदै भनिन्–‘म डान्स सिक्न जाँदा धेरै संस्थाहरुले तिमी गर्न सक्दिनौं भनेर सिकाउनुभएन । तर, मैले यो स्टेजमा डान्स गरिसकेपछि कोही पनि श्रृष्टीहरु यसरी फर्किन पर्ने छैन भन्ने लागेको छ । जो जुनसुकै स्थानमा गएर पनि अब डान्स गर्न सक्नेछन् ।’

कोरियोग्राफर थापा श्रृष्टीका लागि नेपाली, ल्याटिन, कलिउड फ्यूजनमा आफूले डान्स सिकाइरहेको बताउँछन् । उनले, प्रतिस्पर्धात्मक शो भएकाले अरु प्रतिस्पर्धीको भन्दा राम्रो गरौं भन्ने सधै हुने बताए । श्रृष्टीका लागि २ वटा गीत थापाले कोरियोग्राफी गरिसकेका छन् ।

अन्तरराष्ट्रिय फ्रेन्चाइज यो शोको प्रतिक्षा आम दर्शकमा छ । यसैले पनि यो शोमा प्रतिस्पर्धा गर्न तयार भएका सेलिब्रिटी डान्सरहरु उत्साहित देखिएका छन् ।

तस्वीर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment