२९ साउन काठमाडौं । कोरोना परीक्षणका लागि गत मंगलबाबर स्वाब दिएका राष्ट्रिय फुटबल टोलीका २८ जना खेलाडी तथा अफिसियलमा कोरोना संक्रमण नभएको पाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका २८ सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । मंगलबार २३ खेलाडीसहित २९ जनाले स्वाब दिएका थिए । जसमा २८ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे र एक जनाकाे भने फेरि परीक्षण गर्नुपर्ने भएको एन्फाले जनाएकाे छ । पुन: परीक्षण गर्नुपर्ने व्यक्तिलाई कोरोना संक्रमण भए/नभएको भने एन्फाले केही खुलाएको छैन ।
एन्फाले बन्द प्रशिक्षणमा राख्न बाेलाएकाे ३४ खेलाडीसहित काेचिङ स्टाफ अफिसियल र हाेस्टलका कर्मचारी २० जना गरी दुई दिनमा कूल ५४ जनाकाे परीक्षण गरिएकाे थियाे । जसका ५३ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे छ ।
भदाै १ देखि विश्वकप छनाेटकाे लागि प्रशिक्षण सुरु गर्ने लक्ष्यका साथ एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको थियो । तर एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनाेटका खेलहरु २०२१ मा सारेपछि प्रशिक्षण स्थगित भएकाे छ र खेलाडीहरुलाई पनि घर पठाइएकाे छ ।
प्रतिक्रिया 4