+
+
Shares

बर्दियामा निषेधाज्ञा तीन दिन थप

रासस रासस
२०७७ साउन २९ गते १६:४४

२९ साउन, राजापुर (बर्दिया) । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप भएको छ ।

कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स बैंक बढैयातालका केही कर्मचारीमा कोरोना देखिएकाले त्यहाँका कर्मचारीको तत्काल पीसीआर परीक्षण गराउने र त्यसको नतिजा प्राप्त नहुँदासम्म बैंक बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?