
२९ साउन, विराटनगर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकाले लकडाउनको समय थप गरेको छ । १६ साउनमा महानगरपालिकाले आह्वान गरेको लकडाउन शुक्रबार सकिँदैछ । शुक्रबारबाट लागु हुनेगरी भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।
लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित थिए । लकडाउन यता थप ३०६ गरी विराटनगरमा संक्रमितको संख्या ४१५ पुगेको छ । संक्रतिम मध्ये ४९ जना होम आइसोलेशनमा छन् । ५० जना विराटनगर महानगरपालिकाले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन् ।
लकडाउन संक्रमण नियन्त्रणका लागि प्रभावकारी भएकाले नगर र जिल्ला स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले लकडाउन थप गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4