Comments Add Comment

महोत्तरीमा डुबेर दुई जना बालबालिकाको मृत्यु

२९ साउन, जनकपुरधाम । महोत्तरीको छुट्टाछुट्टै स्थानमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।

एकडारा गाउँपालिका-१ निवासी बीरेन्द्र मण्डलका १२ वर्षीय छोरा विवेकको घर नजिकैको पोखरीमा मूर्ति सेलाउन जाने क्रममा डुबेर मृत्यु भएको हो । बिहीबार कृष्णाजन्मष्टमीको मूर्ति सेलाउन गएका उनको पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

यस्तै, घोंघी टिप्न गएकी ९ वर्षीया बालिकाको लोहारपट्टी नगरपालिकामा मृत्यु भएको छ । बुधबार दिउँसो घर नजिकैको कुलोमो घोंघी टिप्न गएकी लोहारपट्टी नगरपालिका-६ बस्ने रामबली मण्डलकी ९ वर्षीया छोरा राधिकाको सोही कुलोमा डुबेर मृत्यु भएको हो ।

डुबेर गम्भीर घाइते भएकी राधिकालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लोहारपट्टीमा लगिएको थियो । त्यहाँ प्राथमिक उपचार पश्चात उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पठाइएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment