+
+

तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १०:०१

३० साउन, चितवन । तनहुँको भानु नगरपालिका वडा नं. १ का २० जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमूना परीक्षणमा नगरपालिकाको वडा नं. १ का ६ जना महिला र १४ जना पुरुष संक्रमित बनेका हुन् ।

संक्रमित हुने ५ वर्षदेखि ५६ वर्ष उमेर समूहका छन् । नगरपालिकाका अनुसार स्वाब संकलन गरिएका १२२ जनामध्ये ८९ को परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो । बाँकीको परीक्षण हुन बाँकी छ ।

नगरपालिकाभित्र पूरै आवतजावतमा रोक लगाउने तयारी भइरहेको छ । यसअघि नगर क्षेत्रमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि भानु नगरपालिका गएको सोमवारदेखि एक हप्ताका लागि बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?