+
+
Shares

पक्राउ परेका कार्यकर्ता रिहा गर्न नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १३:५२

३० साउन, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौंको कीर्तिपुर र वीरगञ्जमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गरेका थिए ।

त्रिविमा उपकुलपति कार्यालयमा ताला लगाउने घटनामा संलग्न नेविसंघका ८ जना र वीरगञ्जमा सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको आरोपमा नेविसंघ नेता विकास तिवारी पक्राउ परेका छन् ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी दुबै स्थनबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेका छन् । विद्यार्थीको र आम जनसमुदायको जायज माग उठाउँदा प्रहरी दमन र झुटा मुद्दाको सहाराले फसाउन खोज्ने निरंकुश चरित्र प्रदर्शन गरेको पनि नेविसंघले आरोप लगाएको छ ।

आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले उपत्यकाका केही क्याम्पसमा तालाबन्दी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?