+
+
Shares

भरतपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १६:१२

३० साउन, चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक नर्स र तीन कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड ल्याबमा बिहीबार राति अबेर गरिएको परीक्षणमा अस्पतालका चार जनालाई संक्रमण देखिएको कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अनलाइनखबरलाई जानकारी दिए । उनीहरूलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

अस्पतालका चिकित्सकसहित ३९ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । यस्तै क्यान्सर अस्पताल अगाडि होटल व्यवसाय गर्ने एक महिला र एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?