Comments Add Comment

प्रधानमन्त्री ओली र मोदीबीच के कुराकानी भयो ?

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ ।

सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन ।

तर ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएका छन् । उनले १० अप्रिल २०२० मा भएको सम्वाद स्मरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले मोदीको छिमेक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको शुभकामना दिनुका साथै सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएकोमा भरतलाई बधाइ दिएका छन्

ओली र मोदीबीच कोभिड-१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरे ।

दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत परराष्ट्र मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

उता भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइए अनुसार नेपालका प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको शुभकामना दिनुका साथै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएकोमा भरतलाई बधाइसमेत दिएका छन् ।

दुई देशका प्रधानमन्त्रीवीच कोरोना भाइरस रोकथामका विषयमा पनि कुराकानी भएको र यसमा भारतले नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको भारतीय विदेश मन्त्रालयको विज्ञत्तिमा उल्लेख छ ।

हेर्नुहोस् दुबै देशद्वारा जारी बेग्लाबेग्लै विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment