Comments Add Comment

तालिम केन्द्रका थप २२ प्रहरीलाई कोरोना संक्रमण

३१ साउन, सप्तरी । सदरमुकाम राजविराजस्थित २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

३५ जनाको स्वाब संकलन गरेर गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गर्दा २२ जना पोजेटिभ देखिएका हुन् । संक्रमित हुनेमा २० बर्षका २ जना, २१ बर्षका ५ जना, २२ बर्षका ३ जना, २३ बर्षका ५ जना, २४ बर्षका तीन जना २६ बर्षका २ जना तथा ३६ र ३७ बर्षका १/१ जना छन् ।

सुरमा तालिम केन्द्रका ६ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएहरुको परीक्षण गर्दा १९ साउनमा थप ६ जनामा संक्रमण देखियो ।

उनीहरुकै कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा ३५ जनाको स्वाब संकलन गरी जाँच गर्दा २२ जना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

२ जना सशस्त्र प्रहरी पनि संक्रमित

गजेन्द्रनारायण सिंह अस्पतालकै कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना सशस्त्र प्रहरी पनि संक्रमित पाइएका छन् ।
सिरहाको लहानमा कार्यरत ३९ र २१ बर्षीय सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment