+
+
Shares

पर्सामा निषेधाज्ञामा कडा पार्न सेना परिचालन

सुरेश बिडारी सुरेश बिडारी
२०७७ साउन ३२ गते १६:०९

३२ साउन, वीरगञ्ज । पर्र्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए ।

‘निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न नेपाली सेना परिचालन गरेका हौं’ उनले भने, ‘नियन्त्रणात्मक अवस्थामा १५ दिन जति निषेधाज्ञामा कडाइ गर्न सक्यौं भने कोभिड–१९ लाई जित्न सक्छौं भन्ने हो ।’

पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ ।

तर मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन ।

संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पसल खोल्ने र मानिसहरुको चहलपहल देखिने गरेको छ ।

जिल्ला सुरक्षा समितिले समुदायमा फैलिएको संक्रमणलाई थप फैलिन नदिन निषेधात्रामा कडाइ गर्नुपर्ने आवश्यकता देखिएको निश्कर्ष निकालेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?