Comments Add Comment

केभिन डे ब्रुएना प्रिमियर लिगको उत्कृष्ट खेलाडी

३२ साउन, काठमाडौं । मयानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनाले प्रिमियर लिगको उत्कृष्ट खेलाडी घोषित भएका छन् । ब्रुएनाले इए स्पोर्ट्स प्लेअफ अफ दि सिजनको अवार्ड जितेका हुन् ।

२९ वर्षीय बेल्जियन खेलाडी ब्रुएनाले २०१९-२० सिजनमा सिटीका लागि १३ गोल गरेका थिए । साथै उनले २० असिस्टसमेत गरे । साथै उनले एकै सिजन सर्वाधिक एसिस्ट गर्ने आर्सनलका लेजेण्ड थिएरी हेनरीको कीर्तिमान समेत बराबरी गरेका थिए ।

पछिल्लो ९ सिजनमा उत्कृष्ट खेलाडी बन्ने ब्रुएना तेस्रो खेलाडी हुन् । यसअघि भिनसेन्ट कोम्पनी र एडेन हाजार्डले पनि अवार्ड जितेका थिए ।

यए स्पोर्ट्सको वेवसाइटमा गरिएको भवट र फुटबल एक्सपर्टको प्यानल र २० प्रिमिय रलिग कप्तानले गरेको भोटको आधारमा विजेता छनोट गरिएको हो । जसमा ब्रुएनाले लिभरपुलका कप्तान जोर्डन हेन्डरसन, उत्कृष्ट युवा खेलाडी बनेका ट्रेन्ट अलेक्जान्डर बर्नोल्ड लिभरपुलकै साडियो माने, साउथह्याम्पटना फरवार्ड डाद्दी इङ्ग्स, लेस्टरका फरवार्ड जेमी भार्डी र बर्नलीका गोलकिपर निक पोपलाई पछि पारे ।

यसअघि लिभरपुलका आर्नोल्डले योङ प्लेअर अफ दि सिजन र लिभरपुलकै प्रशिक्षक योर्गन क्लोपले म्यानेजर अफ दि सिजनको अवार्ड जितेका थिए ।

यसैगरी गोल अफ दि सिजनको अवार्ड टोनहमका हेउन मिन सनले जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment