+
+

सुनको भाउमा सामान्य गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १३:३७

१ भाद्र,काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तिएको छ । सोमबारकालागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबारका लागि तेजावी सुनको भाउ ९७ हजार ७ सय तोकिएको छ । चाँदीको प्रतितोला मूल्य अघल्लो  दिनको तुलनामा दश रुपैयाँले सस्तिएको छ ।

चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा मूल्यमा देखिएको उतार चढाबकाकारण मूल्य तलमाथी भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?