Comments Add Comment

कोरोना संक्रमितको अन्त्येष्टिमा सहभागी २१ जनाको रिपोर्ट नेगेटिभ

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका वृद्धको अन्त्येष्टिमा सहभागी भएका २१ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा बाह्रबिसे नगरपालिकाका ८४ वर्षीय खड्गबादुर बस्नेतको साउन २२ गते मृत्यु भएको थियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका थिए । मृत्यु भएको पाँच दिनपछि मृतक वृद्धको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार बस्नेत परिवारबाहेक वृद्धको अन्त्येष्टिमा सहभागी पुरोहितसहित २१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

बस्नेतको परिवारले भने मृत्यु संस्कार र अन्य कारणले तत्काल स्वाब दिन नसकिने बताएपछि स्वास्थ्यकर्मीको टोली स्वाब नै संकलन नगरी फर्किएको थियो ।

यो पनि पढ्नुहोस बस्नेत परिवारले स्वाब दिन मानेन, बाह्रविसे बजार सिल

साउन २८ गते जिल्ला स्वास्थ्य कार्यालयले मृतक बस्नेतको शव उठाउन, बोक्न र अन्त्येष्टिको क्रममा सहभागी पुरोहितसहित २१ जनाको स्वाबको नमुना संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment