 
																			१ भदौ, काठमाडौं । आफ्नै शिशुको हत्या अभियोगमा प्रहरीले कास्कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई पक्राउ गरेको छ ।
साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो ।
त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले साउन ३२ गते सिंहलाई पक्राउ गरेको हो ।घटनाको अनुसन्धानका लागि सिंहलाई ७ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत कास्कीबाट लिएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4