+
+
Shares

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ २ गते ७:४९

२ भदौ, बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?