Comments Add Comment

भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना

२ भदौ, काठमाडौं । भारतीय गृहमन्त्री अमित शाह कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निको भएपछि पनि थकान र जीउ दुख्नेलगायत समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआईआईएमएस) अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो तीन/चारदिनदेखि उनलाई निरन्तर अत्यधिक थकान र जीउ दुख्ने समस्या देखिएको थियो । यसअघि कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएपछि उनी अगष्ट १८ मा डिस्चार्ज भएका थिए । कोराना भाइरसको संक्रमण देखिएसँगै उनी मेदान्त अस्पतालमा भर्ना भएका थिए ।

अहिले कोरोना भाइरस निको भइसकेपछिको उपचार ‘पोस्ट कोभिड केयर’का लागि एआईआईएमएस अस्पतालमा भर्ना भएका हुन् । अस्पतालले अहिले उनको अवस्था स्थिर रहेको र उनको स्वास्थ्यबारे चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ ।

स्रोत : हिन्दूस्तान टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment