Comments Add Comment

व्यापारीको स्वार्थमा पानीको मूल्य बढाएको भन्दै उजुरी

१ भदौ, काठमाडौं । सरकारले व्यापारीको स्वार्थमा हालै जार र बोतलको पानीको मुल्य बढाएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले छानबिन गर्न संसदीय समितिमा उजुरी दिएको छ ।

मञ्चले पानीका व्यापारीको निहित स्वार्थमा सरकारले मिलोमतोपूर्ण ढङ्गले पानीको मुल्य बढाएको पाइएको भन्दै छानबिन गर्न संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई आग्रह गरेको हो ।

२० लिटरको जारको पानीको मूल्य २५ देखि ३५ रुपैयाँ रहेकामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ १० देखि लागू हुने प्रतिजार ५० रुपैयाँ र १ लिटरको बोतलको मूल्य १६ रुपैयाँ तोकिएको छ ।

‘पानीका व्यपारीलाई फाइदा पुग्ने गरी एउटा जारमा नै २५ रुपैयाँसम्मको मूल्यवृद्धि गरेको पाइएको छ’ उजुरीकर्ताले उल्लेख गरेका छन् ।

मूल्य घटाएको हो : विभाग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने मूल्य नबढाइएको प्रष्टीकरण दिएको छ ।

उजुरी परेपछि उद्योग समितिले विभागलाई पत्र लेख्दै के भएको हो भन्ने सोधेको थियो । विभागले मुल्य नबढेको भन्दै जवाफ दिएको हो ।

विभागले पत्रमा ०७३ सालमा प्रतिजार अधिकतम ६० रुपैयाँ र प्रतिबोतल १८ रुपैयाँ तोकिएकोमा अहिले जारको ५० र बोतलको १६ तोकिएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment