Comments Add Comment

रौतहटको माधव नारायण नगरपालिका सिल

२ भदौ, रौतहट । मंगलबार एकैदिन पाँच जना कोरोना संक्रमित फेला परेपछि रौतहटको माधव नारायण नगरपालिका १५ दिनका लागि सिल गरिएको छ ।

कोरोना रोकथाम फैलिन नदिनका लागि सोमबार राति १२ बजेदेखि भदौ १७ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्र सिल गरिएको मेयर वीरेन्द्र प्रसाद यादवले जानकारी दिए ।

वडा नम्बर-१ दिपहीमा संक्रमितको कन्ट्याक ट्रेसिङ गरी परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको मेयर यादवले बताए । उनका अनुसार ६३ जनाको स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

समुदाय स्तरमा संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी त्यावश्यक सेवा बाहेक अन्यै सबै किसिमका सेवा बन्द गरिएको मेयर यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment