+
+
Shares

माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएसनबीच व्यवसायिक सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १९:३४

२ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एसोसिएशन बीच एसोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंङ्किङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएशन बीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बारका महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका छन् ।

नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एसोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् । सम्झौतापछि नेपाल बार एसोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथाअन्य बैंङ्किङ सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।

सरल र सहज रुपमा ग्राहकहरुलाई विभिन्न आर्कषक योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्ट संघ, नेपाल अडिटर्स एसोसिएशनलगायतका संस्थासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई विशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्देश्यले सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?