Comments Add Comment

संसद सचिवालयले फिर्ता गर्‍यो सांसदको लोगो

३ भदौ, काठमाडौं । सांसदहरुलाई वितरण गर्न बनाइएको लोगो त्रुटीपूर्ण भएको भन्दै आलोचना भएपछि संसद सचिवालयले घरेलु कार्यालयलाई फिर्ता गरेको छ ।

फेरि नयाँ लोगो बनाएर ल्याउन भन्दै संसद सचिवालयले बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई ती लोगोहरु फिर्ता पठाएको हो ।

मंगलबार सभाभुखसहित बसेको संसद सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले पुनः नयाँ लोगो बनाउने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार मंगलबार नै १९० वटा लोगो फिर्ता लगिसकेको हस्तकला इकाइ अधिकृत गणेश राउतले जानकारी दिए । लोगो पुनः बनाउँदा लाग्ने खर्च हस्तकला इकाइ ललितपुरले नै व्यहोर्ने मौखिक कुराकानी भएको अधिकृत राउतले बताए ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्टममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो ।

सो निर्णयअनुसार नयाँ लोगो बनाउने जिम्मा बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई दिइएको थियो । गत आइतबार उक्त लोगो संघीय संसदका महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका थिए ।

उक्त लोगो सार्वजनिक भएपछि नेपालको नक्सा नमिलेको भन्दै आलोचना सुरु भएको थियो । लोगो डिजाइन गरेर दिने टेकबीर मुखियाले पनि आफ्नो कलामाथि घोर अन्याय भएको बताएका छन् ।

सांसदहरुले छातीमा लगाउने लोगोमा दुई लाल सुनको जलप लगाइएको छ भने १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ । एउटा लोगो बनाउन ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको थियो । घरेलु कार्यालयले सुरुमा ३५० थान लोगो बनाएर संघीय संसद सचिवालयलाई दिएको थियो ।

यो पनि पढ्नुहोस सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment