Comments Add Comment

दुबईबाट नेपाल एयरलाइन्स रित्तै आयो, इस्तानबुलबाट टर्किसले २०१ यात्रु ल्यायो

३ भदौ, काठमाडौं । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । तर, मंगलबार नै सरकारले इस्तानबुल टर्किस एयरलाइन्सलाई भने २०१ यात्रु ल्याउन अनुमति दियो ।

राष्ट्रिय ध्वजाबाहक दुबई पुगेर २६० भन्दा बढी यात्रु ल्याउने योजनामा थियो । तर, सरकारले सोमबार साँझ मात्रै सबै उद्धार उडान स्थगित गर्ने निर्णय गरेपछि नेपाल एयरलाइन्स खाली फर्किएको थियो । जसले गर्दा एयरपोर्टमा पुगेका १०० भन्दा बढी यात्रु अलपत्र थिए ।

तर, मंगलबार टर्किस एयरलाइन्सलाई भने यात्रु लिएर आउन सरकारले नै स्वीकृति दियो । यस्तो विरोधाषपूर्ण निर्णय किन भयो भन्दै मलेसिया र खाडीका श्रमिकले सामाजिक सञ्जालमा विरोध गरेका छन् ।
मंगलबारबाट सबै उद्धार उडान स्थगित हुने भनिएपटि टर्किस एयरलाइन्सलाई मात्रै छुट दिइनुले सरकारको मनलाग्दी निर्णय प्रष्टिने उनीहरुको भनाइ छ ।

सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न भनेको थियो । विभिन्न स्थानीय तहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको भन्दै उद्धार उडान रोक्न सीसीएमसीले भनेको थियो ।

सीसीएमसीको सोही आग्रहअनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशमा कयौं नेपाली यात्रुहरु अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment