+

रोनाल्ड कोएमन बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने

२०७७ भदौ  ३ गते १०:५३ २०७७ भदौ ३ गते १०:५३
रोनाल्ड कोएमन बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने

३ भदौ, काठमाडौं । नेदरल्याण्ड्सका रोनाल्ड कोएमन स्पानिस जायन्ट बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने भएका छन् । बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले क्लबका पूर्व खेलाडी समेत रहेका कोएमन क्लबको नयाँ प्रशिक्षक बन्ने बताएका हुन् ।

मंगलबार राति बोल्दै बार्तामेउले कोएमनलाई चयन गरेको बताए । उनले भने, ‘कोएमनलाई हामीले छानेका छौँ । यदि केही नराम्रो नभए उनी अर्को सिजनका लागि मुख्य प्रशिक्षक बन्नेछन् ।’

नेदरल्याण्ड्स र बार्सिलोनाको पूर्व डिफेण्डर बार्सिलोनासँग सम्झौता पक्का गर्न मंगलबार बार्सिलोना पुगेका थिए ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग लज्जास्पद हार र यस सिजन उपाधि विहीन भएपछि बार्सिलोनाले टिममा धेरै परिवर्तन गर्दैछ ।

यसअघि नै मुख्य प्रशिक्षक के सेटिएनलाई क्लबले बर्खास्त गरिसकेको छ । यस्तै स्पोर्टिङ डिरेक्टर एरिक अबिदालसँग पनि बार्सिलोनाले सम्झौता तोडेको छ ।

यस्तै टिममा पनि धेरै परिवर्तन हुने अध्यक्ष बार्तामेउले बताइसकेका छन् ।

कप्तान लिओनल मेसीले क्लब छाड्ने हल्ला चलिरहेको बेला बार्तामेउले पनि मेसीले बार्सिलोनामै करियर अन्त्य गर्न चाहेको बताउँदै आएका छन् ।

कोएमनको नयाँ प्रोजेक्टमा मेसी मुख्य पिलर हुनेबारे समेत कुरा भएको बार्तामेउले बताए ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय