
३ भदौ, सुर्खैत । जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले वडा कार्यालय बगाएको छ । गएराति आएको बाढीले शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो ।
जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए ।
वडा नम्बर ६ कै १५० घर पहिरोको जोखिममा रहेकाे उनले बताए । लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा र पाल्तका घरहरु पहिरोको जोखिममा परेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4