+
+
Shares

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा गत चैत २९ गते ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएकी माया जैशीको उपचारका क्रममा मृत्यु भएको छ।
  • आगलागीमा घाइते अन्य दुई जना रुपा जैशी र गणेश गौतमको काठमाडौँमा उपचार भइरहेको छ।
  • घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज र त्यसपछि काठमाडौँ लगिएको थियो।

८ वैशाख, काँक्रेविहार (सुर्खेत)- जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए ।

घाइते भएकामध्ये ठालुप्रसादकी ४२ वर्षीया श्रीमती माया जैशीको काठमाडौँस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट सूचना अधिकारी एक्कबहादुर नेपालीले बताए ।

आगलागीमा परी घाइते भएका अन्य दुई जना रुपा जैशी र ठालुप्रसादका छोरा गणेश गौतमको काठमाडौँमै उपचार भइरहेको छ । घाइते उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज पुर्याइएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?