२२ फागुन, जाजरकोट । जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले मत अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार बुढाले १७०६ मत प्राप्त गरेका छन् । उनले नेकपा एमालेका डम्बरबहादुर सिंहलाई ९०२ मतले पछाडि पारेका छन् । सिंहले ८०४ मत प्राप्त गरेका छन् ।
पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता शक्ति बस्नेत तेस्रो स्थानमा छन् । उनले ७५२ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राघव कार्कीले १२४ मत मात्रै प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4