११ फागुन, जाजरकोट । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोटमा ८७९ जना कर्मचारी खटिएका छन् ।
एक अस्थायीसहित १४७ वटा मतदान केन्द्रमा ८७९ जना कर्मचारी परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए ।
निर्वाचन सामग्रीसमेत जाजरकोटमा पुगिसकेको उनले जानकारी दिए । फागुन १३ देखि १४ गते निर्वाचनमा खटिने कर्मचारीहरूलाई प्रशिक्षणको कार्यतालिका राखिएको छ । जाजरकोटमा एक लाख ७९१ जना मतदाता रहेका छन् ।
जाजरकोटमा सुरक्षाका हिसाबले १५ वटा मात्रै सामान्य मतदानकेन्द्र रहेका छन् । ५७ वटा संमवेदनशील रहेका छन् भने अतिसंवेदनशील १६ वटा रहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका सूचना अधिकारी नवीन कठायतले जानकारी दिए ।
शिवालय गाउँपालिकामा एउटा सामान्य रहेको छ भने ८ वटा संवेदनशील रहेका छन् । छेडागाड नगरपालिकामा २ वटा सामान्य, १३ वटा संवेदशील र एउटा अतिसंवेदनशील केन्द्रहरू रहेको उनले जानकारी दिए ।
त्यस्तै जुनिचाँदे गाउँपालिकामा एउटा संवेदनशील र ११ वटा अतिसंवेदनशील रहेका छन् । कुशे गाउँपालिकामा ९ वटा संवेदनशील र २ वटा अतिसंवेदनशील रहेको बताएको छ ।
बारेकोट गाउँपालिकामा ३ वटा सामान्य, ७ वटा संवेदनशील, नलगाड नगरपालिकामा १४ वटा संवेदनशील, २ वटा अतिसंवेदनशील रहेका छन् । भेरीमा ९ सामान्य र ५ वटा संवेदनशील रहेका छन् ।
नेपाली सेनाले पनि जिल्ला सबै ठाउँमा आवश्यकता अनुसार गस्ती गरिरहेको भवानी दल गण, मालिका ब्यारेक, जाजरकोटका प्रमुख सेनानी गोविन्द थापाले जानकारी दिए ।
प्रतिक्रिया 4