News Summary
Generated by OK AI. Editorially reviewed.- जाजारकोटमा सिकार खेल्न गएका ३६ वर्षीय प्रचण्डदेव सिंहको मृत्यु भएको छ।
- प्रहरीले प्रचण्डदेवसँगै सिकार खेल्न गएका पाँच जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
- पक्राउ परेका पाँच जनाबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान धातुका टुक्रा बरामद भएका छन्।
१७ पुस, काठमाडौं । जाजारकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ः०० बजे बारेकोट-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित ६ जना सिकार खेल्न गएका थिए । त्यसक्रममा प्रचण्डदेवको मृत्यु भएको हो ।
प्रहरीले प्रचण्डदेवसँगै सिकार खेल्न गएका पाँच जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका-८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन् ।
प्रतिक्रिया 4