+
+
Shares

जाजरकोटमा विषालु च्याउ खाँदा ३ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १२:३७

२५ असार, सुर्खेत । जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन ।

बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् ।

बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन् ।

सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको नलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्रि पन्तले जानकारी दिए ।

उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भई रहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिए ।

बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?