
२९ असोज, काठमाडौं । जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएको विषयमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा गुनासो आएको थियो ।
लगत्तै, टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सूचारु भएको छ ।
यही असोज ९ गते बारेकोट गाउँपालिका–५ रतनकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा चट्याङले क्षति पुर्याएपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । यसबाट १० हजार भन्दाबढी सेवाग्राही मर्कामा परेका थिए ।
सेवा अवरुद्ध भएपछि स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा समस्या भएको थियो ।
स्थानीय प्रकाशमान सिंहले दुइ हप्तादेखि अवरुद्ध टेलिकमको सेवा सूचारु भइसकेको र यसले स्थानीयलाई ठूलो राहत मिलेको बताए ।
टेलिफोन सेवा सञ्चालनमा आएसँगै इन्टरनेट सेवाको क्षमता विस्तारका लागि पहल गरिदिन आग्रह गरे । उनका अनुसार फोरजी सेवाको टावर स्थापना गर्दा १२ हजार जनसंख्या रहेको थियो ।
अहिले गाउँपालिकामा २२ हजार जनसंख्या पुगेको र इन्टरनेट प्रयोगकर्ताको संख्या बढेकाले इन्टरनेटको क्षमता विस्तार गरी सेवा थप प्रभावकारी बनाइनुपर्ने अपरिहार्यता रहेको छ ।
सञ्चारमन्त्री खरेलले टेलिफोनसेवा अवरोध हुँदा जाजगरकोटबासीको समस्या आफूले अनुभूत गरेर तत्कालै सेवा सञ्चालनका लागि पहल गरेको दाबी गरे ।
मन्त्री खरेलले कर्णाली प्रदेशका दैलेख,जाजरकोट, कालिकोट, जुम्ला, हुम्लालगायत सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशमा सेवा विस्तारको कार्यलाई विषेश प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख गरे ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लम्सालले बारकोट र आसपास क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सूचारु भएको जानकारी दिए ।
उनका अनुसार चट्याङ्गले पूर्ण रुपमा क्षति भएको टेलिफोन टावरको रेडियो उपकरण तथा अर्थिङ्गलगायत कतिपय सामग्री केन्द्रबाट उपकरण मगाई सेवा सूचारु गरिएको छ ।
यस्तै डोल्पा जिल्लाकोसेवा अवरुद्धर भएका भुर्तेचुला, सर्मी, कालिका र रुकुमपश्चिमका गोतामकोटलगायतका क्षेत्रहरुमा सञ्चालनमा रहेका मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजनाका लागि गोतामकोट स्टेशनमा नयाँ जेनेरेटर जडान गरी तिहार अगाडि नै सञ्चालनमा ल्याउने निर्देशक लम्सालले जानकारी दिए ।
प्रतिक्रिया 4