१४ माघ, काठमाडौं । जाजरकोटमा १५ वर्षीय किशोर खिमराज विष्टको मृत्यु प्रकरणमा उनकै तीन जना साथीहरु पक्राउ परेका छन् ।
१६ वर्ष मुनिका तीन किशोरलाई पक्राउ गरेर विष्टको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर खड्काले बताए ।
पक्राउ परेकाहरुविरुद्ध किटानी जाहेरीसमेत परेको छ । उनीहरुविरुद्ध जाजरकोट जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाइएको खड्काले अनलाइनखरलाई जानकारी दिए ।
जुनीचाँदे गाउँपालिका–४ का विष्टको शव १० माघमा फेला परेको थियो । ९ माघको सरस्वती पूजाका विष्ट साथीहरुसँगै गाउँकै पाथीभरा मन्दिर दर्शन गर्न भनेर घरबाट निस्केका थिए । भोलिपल्ट उनको शव गाउँकै जंगलमा फेला परेको थियो ।
मृत फेला परेका बिष्टको शरीरमा कुनै ठूलो घाउचोट भने देखिएको थिएन । प्रहरी अनुसन्धानका अनुसार विष्टसँगै गएका साथीहरु मिलेर जंगलमै मदिरा पिएका थिए । तर मृत्युबारे अहिले हिरासतमा रहेका उनका साथीहरुले अनविज्ञता प्रकरण गरेका छन् ।
प्रतिक्रिया 4