
३ भदौ, सुर्खेत । कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन ।
तुले सहकारी र धने सहकारीको रुप्सा लेकमा रहेको गोठ मंगलबार राति पहिरोले बताउँदा चारजना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र ९ वर्षीय रमित सहकारी रहेको उनले बताए ।
बेपत्ता भएका उनीहरुको खोजी कार्य भैरहेको एसएसपी बास्तोलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4