Comments Add Comment

राजविराजमा थपिए १४ जना कोरोना संक्रमित

३ भदौ, सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा बधुबार १४ जना कोरोना संक्रमित थपिएका छन् । एक साताअघि राजविराज-६ मा कोरोनाबाट मत्यु भएका वृद्धको घरमा भाडामा बस्दै आएका चार जना र उनको तीन जना छिमेकीमा स‌ंक्रमण पुष्टि भएको छ ।

उनको घरमा कोठा भाडा लिई बस्दै आएका ४ वर्षीया बालिका, २० र २५ बर्षीया महिला तथा ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको वडा अध्यक्ष प्रेम यादवले बताए ।

यस्तै मृतक वृद्धका तीन जना छिमेकीमा पनि कोरोना संक्रमित पुष्टि भएको उनले बताए । उनका अनुसार दुई जना ५३ वर्षका र एक जना १६ वर्षका छिमेकीमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी राजविराज वडा नम्बर १ र २ मा ३/३ जना तथा वडा नम्बर ७ मा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १ का १५, २१ र ९, वडा नम्बर २ का १६, १४ र २४ तथा वडा नम्बर ७ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारै सप्तरीको रुपनी गाउँपालिका वडा नमबर ६ का ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment