Comments Add Comment

सौन्दर्यका लागि योग कति उपयोगी ?

शरीर र मनलाई शुद्ध गराउने एउटा विधि हो योग । मूलतः पूर्वीय दर्शनले प्रतिपादन गरेको योगले मनमा रहेको विकार हटाउने र शरीर स्वस्थ राख्ने काम गर्छ भन्ने मान्यतार राखिन्छ । शरीरको शुद्धी र चित्तवृत्ति निरोधलाई ध्यान दिने योग शिक्षाले सुन्दरताको क्षेत्रमा समेत काम गर्ने गर्र्छ ।

छालालाई सुन्दर बनाउन योगले मद्धत गर्छ । यसका लागि हामीले नियमित अभ्यास भने गर्नुपर्छ । योगले शरीरको सुन्दरताको निम्नलिखित पक्षमा योगदान दिने गर्छ ।

१. चम्किलो छालाका लागि

योगका विभिन्न आसनहरू हुन्छन् । जसले दैनिक केवल ५देखि १० मिनेटमात्रै गर्दा पनि शरीरमा रक्तसञ्चारका लागि महत्वपूर्ण काम गर्छ । योगको अभावमा हाम्रो अनुहार र शरीरको छालामा प्रत्यक्ष प्रभाव परेको देख्न सकिन्छ । योगका कारण नै छालाको चकममा वृद्धि आउने सौन्दर्यविद्हरू बताउँछन् ।

२. छालाको क्षतिग्रस्त कोषिकालाई मर्मत गर्न

छालाको क्षतिग्रस्त कोषिकालाई मर्मत गर्न पनि योग प्रभावकारी बन्न सक्छ । योगको अष्टाङ्गमध्येको एक प्राणायामले केवल तनावलाई मात्रै कम गर्दैन, यसले शरीरमा अक्सिजनको सञ्चार बढाउने कार्यमा समेत सुधार गर्छ । प्राणायामको समयमा लिइएको गहिरो सासले रगतमा अक्सिजनको प्रवाहलाई बढाउँछ, जसले छालाको बिग्रिएको कोषिकालाई पुनःप्राप्त गर्न मद्दत गर्छ ।

३. शरीरको बोसो घटाउन सहयोगी

नियमित योग गर्नाले शरीरमा रहेको बोसो घटाउन पनि मद्दत मिल्छ । अन्य व्यायाम जस्तै योगले पनि शरीरमा रहेको अधिक बोसोलाई कम गर्न सक्छ । योग गर्दा मुटुको धड्कन बढ्छ र त्यसले बोसो कम गर्न मद्दत पुग्ने जानकारहरू बताउँछन् ।

४. शरीरलाई ऊर्जावान बनाउँछ

कुनै पनि आसनमा योग गर्दा रगत परिसञ्चरण र अक्सिजन प्रवाह बढ्दा त्यसले मनमा समेत सकारात्मक सञ्चार प्रवाह गराउँछ । जसले हामीलाई उत्साहित बनाउन मद्दत गर्छ ।

योग गर्दा पसिनाको माध्यमबाट शरीरको अशुद्धता पनि बाहिर जान्छ । जसले सिधा छालाको सौन्दर्यमा प्रभाव पार्छ ।

५. प्रतिरक्षा प्रणाली बलियो बनाउन योग

नियमित योग गर्नाले रोग प्रतिरक्षा प्रणाली अझ बलियो र राम्रो हुन्छ । जसका कारण अन्य संक्रमण सजिलै छालामा सर्न सक्दैन । जसले छालाका विभिन्न रोगबाट बच्नुका साथै छालाको चमक र सौन्दर्य अक्षुण्ण रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment