Comments Add Comment

उच्च अदालतले माग्यो कोरोना नियन्त्रणमा गरेको कामको विवरण

४ भदौ, विराटनगर । उच्च अदालत विराटनगरले कोरोना भाइरस संक्रमण नियन्त्रणमा गरेको कार्यसहित छलफलका लागि उपस्थित प्रदेश र स्थानीय सरकारका नाममा आदेश जारी गरेको छ ।

कोरोना संक्रमित व्यक्ति सीताराम दाहालको उपचार अभावमा मृत्यु भएको भन्दै उनकी छोरीले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले प्रदेश १ सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका विपक्षीलाई छलफलका लागि उपस्थीत हुन आदेश दिएकमो हो ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले विपक्षीलाई ८ भदौमा उपस्थित हुन आदेश दिएको उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।

कोरोना संक्रमणपछि अस्पतालमा न्युनतम स्वास्थ्य उपचार नपाएका कारण आफ्नो बुबाले ज्यान गुमाउनु परेको र संक्रमितहरुले उपचार नपाएको भन्दै मृतक सीताराम दहालकी छोरी निलिमाले बुधबार रिट दायर गरेकी थिइन् ।

अदालतले निवेदकको माग बमोजिम आादेश जारी गर्नु पर्ने हो वा होइन भन्ने विषयका कारण खुलाई प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ताको कार्यालय मार्फत र अन्यको हकमा आफ्नो कानूनी प्रतिनिधिमार्फत छलफलका लागि आउन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment