
५ भदौं, काठमाडौं । काठमाडौं उपत्यकामा बैंकका शाखा कार्यालयहरु खुला हुने भएका छन् । गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् ।
बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएको भन्दै बैंकर्स संघले सेवा नदिने बताएको थियो । गृहले सहजीकरण गरिदिए पछि शुक्रबार सबै बैंकले सेवा दिन थालेका हुन् ।
तर सबै शाखा कार्यालयहरु भने खुला भएका छैनन् । सिमित शाखाहरु मात्रै खुला गरेरसेवा प्रवाह शुरु गरिएको बैंकर्स संघले जानकारी दिएको छ । बैंकर्स संघका अनुसार प्रधान कार्यालयसहित उपत्यकामा एक बैंक बराबर ४ वटासम्म शाखा कार्यालयहरुमात्रै सञ्चालनमा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4