+
+
Shares

बारामा ४८६ बोरा अखाद्य दाल नष्ट

सुरेश बिडारी सुरेश बिडारी
२०७७ भदौ ५ गते १२:४२

५ भदौ, वीरगञ्ज । बारामा राहतको नाममा वितरण गर्न लागिएको ४ सय ८६ बोरा अखाद्य दाल नष्ट गरिएको छ । कलैया उपमहानगरपालिका–१४ बघवन टोलस्थित पसाह खोलाको पश्चिम किनारमा जलाएर नष्ट गरिएको हो ।

अखाद्य दाल सार्वजनिक स्थलमा वातावरण प्रदूषण नहुने गरी खाडल खनी जलाउने र पुनः माटोले पुरी नष्ट गर्ने भनी जिल्ला प्रशासन कार्यालय बाराले गत वैशाख १२ गते गरेको आदेश बमोजिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सरकारले कोरोना संक्रमण फैलिनबाट रोक्ने उद्देश्यले गत २०७६ चैत ११ गतेदेखि सुरु गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहतको रुपमा वितरण गरिएको दाल सडेको र किरा परेको पाइएको थियो । कलैया उपमहानगरपालिका र विभिन्न वडाहरूले वितरण गरेको त्यस्ता अखाद्य दाल प्रहरीले बरामद गरेको थियो ।

साथै अखाद्य दाल वितरण गर्ने कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, दाल बेच्ने व्यापारीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । वैशाख १० गते जिल्ला प्रशासन कार्यालयले माग गरेको धरौटी रकम बुझाएर उनीहरु रिहा भइसकेका छन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?