+
+
Shares

बिफिनले सञ्चालनमा ल्यायो रिक्रुटमेण्ट एजेन्सी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ५ गते १४:५७

५ भदौं, काठमाडौ । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले रिक्रुटमेण्ट सम्बन्धी कार्य गर्नका लागी बिफिनजब्स् डटकम संचालनमा ल्याएको छ । नेपालको बैंक तथा वित्तीय संस्थाहरुको जनशक्ति विकासका लागि तालीम प्रदान गर्दै आइरहेको बिफिन ले अब संस्थालाई आवश्यक पर्ने जनशक्ति छनौट गर्ने कार्य समेत गरीदिने भएको छ ।

संस्थाको मेरुदण्डको रुपमा मानिने जनशक्तिको उपयुक्त छनौट तथा आवश्यक तालीम प्रदान गरि एकद्धार प्रणाली मार्फत संचालन गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई सहज हुने आवश्यकता महसुस गरी रिक्रुटमेण्ट एजेन्सी संचालनमा ल्याएको हो ।
रिक्रुटमेण्ट एजेन्सी बिफिनजब्स् डट कम मार्फत कुनै पनि संस्थाका लागि उच्च तहका कर्मचारीहरु, व्यवस्थापकिय तहका कर्मचारीहरुको छनौट, जब पोस्टिङ्ग सर्भिस, उम्मेदबारहरुको सर्टलिस्टिङ्ग, परिक्षा तथा अन्र्तवार्ता, अन्तरिम व्यवस्थापन सेवा, तलब सर्बेक्षण, स्वतन्त्र सन्दर्भ जाँच सेवा र बिज्ञापन सेवाहरु लगायतका सेवाहरु प्रदान गर्ने लक्ष्य राखेको छ ।

रिक्रुटमेण्ट एजेन्सी बिफिनजब्स् डट कम हालसालै मात्र संचालनमा ल्याइएको हुदाँ प्रोमोशनल बिक्री अन्र्तगत सेप्टेम्बर महिना सम्म कुनै पनि सेवा लिएमा ७५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने समेत कम्पनीले जनाएको छ ।बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो ।

बैंक तथा वित्तीय क्षेत्र संग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, वित्तीय क्षेत्र संग सम्बन्धित बिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्न किसिमका मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको सुचनाहरु एकिकृत गरी डाटा बैंकको रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउनेसंस्थाको मुख्य उद्देश्य रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?