+
+
Shares

निजी अस्पताल र चिकित्सकले भने : सरकारले अपमानित गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ५ गते १९:३४

५ भदौ, काठमाडौं । निजी अस्पताल र चिकित्सकहरुले सरकारले निजी अस्पताललाई अपमानित व्यवहार गरेको र चिकित्सकको मनोबल घटाउने व्यहवार गरेको आरोप लगाएका छन् ।

निजी स्वास्थ्य संस्थाको संगठन एसोसिएशन अफ प्राइभेट हेल्ट इन्स्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल चिकित्सक संघको शुक्रबार बसेको संयुक्त बैठकले सरकारले अपमानित गरेको निश्कर्ष निकालेको हो ।

‘नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरी सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनी नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरियो’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले पछिल्लो पटक कोभिड १९ को उपचारका लागि निजी र सामुदायिक अस्पतालले २० प्रतिशत बेड छुट्याउनैपनेै निर्णय गरेको छ । त्यस्तै निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गराउन लाग्ने खर्च पनि तोकेको छ ।

त्यसमा सामान्य अवस्थाको विरामीसँग ३५ सय, मध्यम अवस्थाकोसँग ७ हजार र जटिल अवस्थाकोसँग १५ हजार भन्दा बढी लिन नपाउने भनेको छ । तर बेड छुट्याउनैपर्ने र शुल्क तोक्ने विषयको निजी अस्पतालले विरोध गर्दै आएका छन् ।

निजी अस्पताल र चिकित्सकहरुले आफूहरु अहिलेको महामारीको अवस्थामा सरकारसँग हातेमालो गरी सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको पनि बताएका छन् । लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ–आफ्नो स्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव पेश गरेको तर सरकारले निजी अस्पतालसँग सहकार्य गर्न तयार नभएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

अफिनका अध्यक्ष बसन्तकुमार चौधरी र चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बैठकपछि जारी गरेको विज्ञप्तिमा निजी अस्पताल र चिकित्सकहरु उपचारमा दत्तचित्त रहेको र आप्mनो साधन स्रोतको अधिकतम उपयोग गरी सेवामा उपस्थित रहने प्रतिवद्धता जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?