Comments Add Comment

कोरोनाबाट ११ जनाको मृत्यु पुष्टि, मृतकको सख्या १४० पुग्यो

५ भदौ, काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोराबाट मृत्यु हुनेको संख्या १४० पुगेको छ ।

पर्सामा २ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, दोलखा, प्युठान, धनुषा र सर्लाही र सप्तरीका एक-एक जनाको मृत्यु भएको छ ।

यद्यपि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा पर्साका दुई र धनुषाका एक जना समावेश गर्न बाँकी छ । त्यसैले कुल मृत्यु संख्या १३७ जना मात्र छ ।

  • काठमाडौं महानगरपालिका-४ का ७६ वर्षका पुरुषको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको छ ।
  • ललितपुरको लुबु-१४ का ८६ वर्षका पुरुषको हृयाम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • दोलखाकी ३० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी २ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • सर्लाहीका मलंगवाका ४६ वर्षीय पुरुषको पनि पाटनमै मृत्यु भएको छ । उनको १ साउनदेखि अस्पतालमा उपचार भइरहेको थियो ।
  • मोरङका बिराटनगर-६ सरोचियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । ३ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिए ।
  • प्युठानको स्वर्गद्धारी नगरपालिका-७ सोत्रेका ६४ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • पर्साको वीरगञ्ज महानगर-१० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । नारायणीमा उपचारका क्रममा कोरोना पुष्टि भएपछि उनलाई ३२ सउानमा वीरगञ्ज हेल्डकेयर कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।
  • सप्तरीका ७७ वर्षीय पुरुषको बलम्बुस्थित एपीएफ अस्पतालमा मृत्यु भएको छ । ३० साउनमा काठमाडौं आएका उनमा संक्रमण भएको ३२ गते पुष्टि भएको थियो । त्यसपछि ग्रिनसिटीमा भर्ना भएका उनलाई बिहीबार बलम्बु लगिएको थियो ।
  • बुधबार मृत्यु भएका धनुषाको नगराइन-३ फुलगामाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना भएका उनलाई थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
  • वीरगञ्ज-२६ सुगौलीका ५८ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि तराई अस्पतालबाट वीरगञ्ज हेल्थकेयर कोरोना अस्पताल रिफर भएका थिए ।

थप ८३८ कोरोना संक्रमणमा पुष्टि

पछिल्लो २४ घण्टामा ८३८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा  उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment