Comments Add Comment

कोरोना निको भए वीरगञ्जका २१ कैदीबन्दी

६ भदौ, वीरगञ्ज । पर्सा कारागार कार्यालय वीरगञ्जमा रहेका २१ जना कैदी बन्दी कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । ५ वर्षीय आश्रित बालकदेखि ७५ वर्षीय वृद्ध कैदीसम्म गरी २१ जना निको भएका हुन् ।

उनीहरुको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको कारागारका प्रमुख जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । उनीहरुको उपचार कारागार कै आइसोलेसनमा भइरहेको थियो ।

१८ पुरुष, ७ महिला, १ आश्रित बालकसहित २५ जना कोरोना संक्रमित कारागार आइसोलेसनमा थिए । जसमध्ये १५ पुरुष, ५ महिला र १ आश्रित बालक गरी २६ जना निको भएका कारागार कार्यालयले जनाएको छ ।

अब कारागारको आइसोलेसनमा २ पुरुष र २ जना महिला कैदी बन्दीको मात्रै उपचार भइरहेको छ । उनीहरुको पछिल्लो कोरोना रिपोर्ट पनि पोजेटिभ नै आएको छ । कारागारमा हालसम्म ३३ जना कैदीबन्दी संक्रमित भएकोमा यसअघि नै ८ जना निको भएका छन् ।

कार्यालय प्रमुख पोखरेलसहित ३ जना कर्मचारी र ३ जना संक्रमित प्रहरी पनि निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment