Comments Add Comment

कोसोभो र जिब्राल्टरका क्लबबीचको युरोपा लिग क्वालिफायर दोस्रो पटक पनि रद्ध

७ भदौ, काठमाडौं । कोसोभोको द क्लब एफसी प्रिस्टिना र जिब्राल्टरको क्लब लिन्कन रेड इम्पसबीच तय भएको युरोपा लिग क्वालिफायरको खेल दोस्रो पटक रद्ध भएको छ ।

शनिबार दोस्रो पटकको लागि खेलको मिति तय गरिएको थियो । तर कोसोभोको क्लब प्रिस्टिनाले मैदानमा खेलाडी उतार्न असफल भएपछि खेल रद्ध भएको हो ।

मंगलबारै खेल हुने तालिका थियो । तर प्रिस्टिनाका ८ खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल हुन सकेन । उनीहरुलाई जिब्राल्टर जाँदा नै कोरोना पोजेटिभ देखिएको थियो ।

रेड इम्पसलाई स्वत: ३-० ले विजेता घोषित गर्ने तय थियो तर युईएफएको नयाँ नियम अनुसार प्रिस्टिनाले फेरि तय भएको खेलका लागि अन्य टिमबाट लोनमा खेलाडीहरु ल्याएर नाम दर्ता गरेको थियो ।

लिंकनले आफ्नो खेलाडी र अफिसियलहरु मैदानमा भएको फोटो पोष्ट गर्दै प्रारम्भिक चरणको क्वालिफायर युईएफएले रद्ध गरेको जनाएको छ ।

तर प्रिस्टिनाले भने उक्त निर्णय युईएफएले गरेको नभई जिब्राल्टर प्रशासनले गरेको दावी गरेपछि यस निर्णयमा अन्योल बढेको छ ।

शुक्रबार कोसोभोको क्लब प्रिस्टिनाले रेड इम्पसको मैदानमा आफ्नो खेलाडीहरु भएको फोटो पोष्ट गर्दै शनिबार खेलाडीको कोरोना परीक्षण रिपोर्ट आउने जनाएको थियो ।

लिन्कन रेड इम्पसले युइएफएले नै क्वालिफायर खेल रद्द गरेको दावी गरेको छ । साथै अब यो विषयमा युईएफए कन्ट्रोल एण्ड डिसिप्लिनरी बडी पुगेको र यस विषयमा समाधानको लागि युईएफएले अन्तिम निर्णय गर्ने जनाएको छ ।

साथै क्लबले धैर्य गरेर उनीहरुको निर्णय पर्खेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment