Comments Add Comment

ऋषि पञ्चमी : सप्तर्षिमध्ये कसलाई के कामका लागि चिनिन्छ ?

काठमाडौं । आज ऋषि पञ्चमी । विशेषगरी सप्तऋषिसँगै पूर्वीय दर्शनमा उल्लेख गरिएका विभिन्न ऋषिहरूलाई यस दिन सम्झने गरिन्छ । ऋषि शब्दले मन्त्रदर्शी व्यक्तिलाई जनाउने गर्दछ ।

कुनै पनि मन्त्रको दर्शन गर्नुको अर्थ हुन्छ त्यो मन्त्रको सारतत्व बुझ्नु । यस्ता ऋषिहरूलाई सात प्रकारमा विभाजन गर्ने गरिन्छ । ती हुन्, महर्षि, परमर्षि, देवर्षि, ब्रह्मर्षि, श्रुतिर्षि, राजर्षि र कन्दार्षि।

पूर्वीय ज्ञानमा सबैभन्दा धेरै गर्व गर्ने ज्ञान ग्रन्थ हो, ऋग्वेद । ऋग्वेदमा करिब १० हजार मन्त्रहरू छन् । चारै वेदको गरेर त २० हजारभन्दा बढी मन्त्रहरू छन् । यी मन्त्रहरूको रचना गर्ने रचनाकार नै ऋषि हुन् । विभिन्न स्तर पार गरेपछि ऋषिको पनि माथिल्लो स्तरमा पुगिन्छ ।

जब हामी राति आकाशमा हेर्छौं, हामी वरिपरि सातवटा ताराहरू देख्छौं । धेरैचोटि त्यही तारा देखाएर हामीले आमाबुबालाई सोधेका पनि हौंला । जान्नेले यी ताराहरू हुन् भन्लान् कतिपयले सप्तर्षि भनेका तिनै हुन् भन्लान् । यसको लाक्षणिक अर्थ त्यो हो कि हाम्रो संस्कृतिमा तारा जस्तै चम्कने विशिष्ट व्यक्ति हुन् सप्तर्षि ।

सप्त ऋषिहरूको नाम निम्नानुसार छ । वसिष्ठ, विश्वामित्र, कन्वा, भारद्वाज, अत्रि, वामदेव, शौनाक।

आकाशमा हामी सात ताराको समूह देख्छौं, जुन चम्चाको आकारमा हुन्छ । हामी त्यसलाई पनि सप्तर्षि नै भन्छौं । सप्तर्षिमा प्रत्येक ताराले एक ऋषिको प्रतिनिधित्व गरेको हुन्छ । वैदिक ग्रन्थमा यी ऋषि र तिनीहरूको कामको वर्णन गरिएको छ ।

१) वशिष्ठ

वशिष्ठ ऋषि राजा दशरथका कुल गुरु हुन् । उनी दशरथका छोराहरूको समेत गुरु थिए ।

२) विश्वामित्र

विश्वामित्र ऋषिले नै गायत्री मन्त्रको रचना गरेका थिए । उनी ऋषि हुनुभन्दा पहिले एक राजा थिए । पछि उनले तपस्या गरे र ज्ञान प्राप्त गरेपछि ऋषिको पद पाउन सकेको भन्ने विश्वास छ ।

३. कन्व

कण्व वैदिक कालमा एक साधु थिए । १०३ सुक्तयुक्त ऋग्वेदको आठौं मण्डलको अधिकांश मन्त्र यिनै ऋषिले रचना गरेका हुन् भन्ने विश्वास छ ।

४. भारद्वाज

भारद्वाज वैदिक कालका सबैभन्दा महान् ऋषि थिए । उनले ऋग्वेदको छैटौं मण्डलका लागि ७६५ मन्त्रहरूको रचना गरेका थिए ।

५ अत्रि

महर्षि अत्रि भगवान् ब्रह्माका छोरा थिए भन्ने विश्वास छ । उनको आश्रम चित्रकूटमा थियो । अत्रिलाई पारसी धर्मको संस्थापक पनि मानिन्थ्यो ।

६. वामदेव

भारतीय संस्कृतिको विकासमा वामदेव ऋषिको ठूलो योगदान रहेको बताइन्छ । उनलाई संगीतका पिता पनि भनिन्छ । भरतमुनिले रचेको भरत नाट्यशास्त्र सामवेदबाट नै प्रेरित छ ।

७. शौनक

शौनकलाई गुरुकुल परम्पराका जनक भनिन्छ । १० हजार विद्यार्थी अध्ययन गर्नसक्ने गुरुकुल चलाएर कुलपतिको सम्मान पाएका उनी एक आदर्श ऋषि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment