Comments Add Comment

बीपी प्रतिष्ठानमा प्लाज्मा थेरापी गरेका धरानका कोरोना संक्रमितको मृत्यु

७ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका कोरोना संक्रमितको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

२९ साउनमा कोरोना पुष्टि भएपछि उनी ३० साउनमा प्रतिष्ठान भर्ना भएका थिए । श्वासप्रश्वास र अन्य समस्याका कारण अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

आइतबार बेलुका मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृतक पुरुष बीपीमा प्लाज्मा थेरापी गरिएका पहिलो संक्रमित हुन् । बीपीमा दुई जनाको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको शनिबार दिउँसो मृत्यु भएको थियो ।

योसँगै धरानमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या तीन पुगेको छ । ‘अवस्था गम्भिर भएपछि प्लाज्मा थेरापी गरिएको हो’ डा. सापकोटाले भने ‘उहाँहरुको निधन भयो ।’

यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । मोरङमा मात्रै १३ जनाको मृत्यु भइसकेको छ । सुनसरीका तीन जना छन् । मोरङका १३ मध्ये विराटनगरका नौ, बुढीगंगा गाउँपालिकाका २, रंगेली र सुनबर्षी नगरपालिकाका १–१ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment