+
+

गत सोमबार दुबईमा रोकिएका १६४ जना काठमाडौं आए

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते २०:३७

७ भदौ, काठमाडौं । गत सोमबार दुबई एयरपोर्ट आएर पनि नेपाल र्फकन नपाएका १६४ जना नेपालीलाई आज नेपाल एयरलाइन्सको जहाजले घर फर्काएको छ । एक बच्चासहित १६४ जना नेपाली आज काठमाडौं अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल एयरलाइन्सको जहाज दुबई उड्दा भने कार्गो बोकेर गएको थियो । सरकारले नेपालमा होटेलको व्यवस्थापन नभएको भन्दै यात्रु लिन दुबई पुगेको नेपाल एयरलाइन्सको जहाजलाई रित्तै फर्काएको थियो । यस घटनाको आलोचनापछि सरकारले पुनः उद्धार उडान थाल्ने बताएको छ ।

यद्यपी नयाँ तालिका भने बनिसकेको छैन । दुबईमा रोकिएका नेपालीलाई लिन मात्र अहिले अनुमति मिलेको बताइएको छ । आइतबार नागपुरबाट भोल्गा एयरलाइन्सका जहाज समेत कार्गो बोकेर काठमाडौं आएको छ ।

आइतबार हिमालय एयरलाइन्सका दुई जहाज कुनमिंगका लागि उड्दैछन् । यी जहाजले सोमबार कार्गो लिएर काठमाडौं आउनेछन् । सोमबार यी जहाजबाट लेनमाई एयरलाइन्सले कम्बोडिया र पीटी माई इन्डो एयरलाइन्सले थाइल्याण्डबाट कार्गो उडान गर्नेछन् ।

आइतबार आन्तरिकतर्फ तारा एयरले लुक्लामा कार्गो उडान गरेको छ । सिता एयरले नेपालगन्जबाट ८ यात्रुलाई काठमाडौं ल्याएको छ । प्रभु हेलीले पोखराबाट ३ यात्रुलाई काठमाडौं ल्याएको छ ।

एयर डाइनेस्टी चढेर तीन यात्रु बिराटनगर गएका थिए । यो हेलीमा एक यात्रु काठमाडौं आएका छन् । मनाङ एयर चार यात्रु बोकेर लुक्ला गएको थियो । फर्कँदा ३ यात्रु लिएर काठमाडौं आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?