Comments Add Comment

भारतमा ७३ दिनमा कोरोनाको भ्याक्सिन आउने दाबी झुटो

८ भदौ, काठमाडौं । भारतको औषधि कम्पनी सीरम इन्स्टिच्युट आफ इण्डिया (एसआईआई) ले ७३ दिनमा कोरोना भाइरसको भ्याक्सिन उपलब्ध हुने दाबी खारेज गरेको छ ।

एसआईआईले वक्तव्य जारी गर्दै भ्याक्सिनबारे भइरहेको अड्कलबाजीको कुनै अर्थ नभएको बताएको छ । उसले अघि भनेको छ, ‘सरकारले हामीलाई भ्याक्सिन उत्पादनको अनुमति दिएको छ । भ्याक्सिन बजारमा त्यसबेला आउनेछ, जब ट्रायलमा यो प्रभावकारी रहेको सफलतापूर्वक पुष्टि हुनेछ ।’

अक्सफोर्ड–एस्ट्राजेनको भ्याक्सिनको तेस्रो चरणको ट्रायल अहिले चलिरहेको छ । तर विना खतरा काम गर्छ भन्ने प्रष्ट नहुँदासम्म बजारमा नपठाइने सीआईआईले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment